भदौ १७, काठमाडौं । एसिया कपमा नेपाल र भारत बिचको खेल हेर्न काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाँदै छन् ।
उनी आज दिउँसो हिमालयन एयरलाइन्सको उडानमार्फत श्रीलंका जान लागेका हुन् ।
भोली सोमबार एसिया कपअन्तर्गत नेपाल र भारतको खेल हुँदैछ। सोही खेलमा नेपाली खेलाडीको हौसला बढाउन उनिहरुलाई साथ र समर्थनका लागी बालेन श्रीलंका जान लागेका हुन् ।
- न्युज बहार संवाददाता