भदौ २०, काठमाडौँ । नेपाल र युएईबीचको खेल रद्द भएको छ।
आइसिसी
महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत क्वालालम्पुरस्थित सेलाङग्र टर्फ क्लबमा खेल
सुरुनै नभई वर्षाका कारण रद्द भएपछि नेपाल र युएईले १/१ अंक बाढेका हुन।
यस
प्रतियोगितामा नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
आज समान १/१
अंक बाढेपछि नेपाल रनरेटका आधारमा उपविजेता बन्दै सेमिफाइनल पुगेको हो।
आज समूह
बी तर्फ बाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।
- न्युज बहार संवाददाता