साउन २३, काठमाडौँ । भुटानी क्लब पारो एफसीलाई एएफसी
कप छनोटको प्रारम्भिक चरणमा हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा
पुगेको छ ।
खेलको सातौं मिनेटमा नै पछि परेको मछिन्द्रले यस अवस्थलाई उल्टाउँदै खेलमा विजयी भएको हो ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्रले पारो एफसीमाथि ३–२ को संघर्षपूर्ण जीत निकाल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।
- न्युज बहार संवाददाता