साउन १०, काठमाडौँ । अमेरिकामा आफ्नो लय कायम राख्दै लिओनल मेसीले लगातार दोस्रो खेलमा पनि गोल गरेका छन् ।
बुधबार बिहान मेसी र रोबर्ट टेललरे दुई-दुई गोल गरेपछि लिग कप साउथ ३ समूहमा एटलान्टा युनाइटेडलाई इन्टर मियामीले ४-० ले हराएको हो ।
मेसीले डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा खेल सुरु भएको आठौं मिनेटमै गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका हुन । त्यसपछी २२ औँ मिनेटमा अर्का खेलाडी रोबर्ट टेलरको पासमा मेसीले व्यक्तिगत दोस्रो गोल गरी अग्रता दोब्बर पारेका थिए ।
खेलको ४४ औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमै इन्टर मियामीले ३-० को अग्तर बनाउन सफल भयो । त्यसपछी ५३ औँ मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले पुन एक पटक व्यक्तिगत दोस्रो गोल गरेका हुन ।
- न्युज बहार संवाददाता