कात्तिक ४, काठमाडौँ । नेपालले त्रिकोणात्मक
श्रृंखलामा लगातार तेस्रो जित हात पारेको छ ।
आज भएको हङकङसँगको खेलमा कुशल
मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज
जित हात पारेको छ ।
नेपाल लगातार तेस्रो खेलको जितसँगै
एक खेल बाँकी छँदै त्रिकोणात्मक श्रंखलाको फाइनलमा पुगेको छ ।
काठमाडौँको मुलपानी क्रिकेट
मैदानमा टस जितेर व्याटिङ रोजेको नेपालले हङकङलाई निर्धारित २० ओभरमा आफ्नो ६
विकेट गुमाएर २१३ रनको लक्ष्य दएको थियो ।
नेपालका लागी कुशल मल्ल र
दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी शतकीय साझेदारी गरेका छन । उनीहरुले पाँचौ
विकेटका लागि एक सय ४५
रनको साझेदारीले
कीर्तिमान बनाउन सफल भएको छ। यसअघि
न्युजिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाँचौ विकेटका लागि अविजित १२१
रनको साझेदारी गरेका थिए ।
- न्युज बहार संवाददाता