असार ३,काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज भइरहेको यूएई ए विरुद्धको खेलमा नेपालका तर्फबाट कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।
कुशलले १० ओभर बलिङ गर्दा ४० रन दिएर ६ विकेट लिन सफल भएका छन ।
अहिले यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।
- न्युज बहार संवाददाता