Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपील २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि कोलकाता नाइट राइडर्सको जित

  •   ३ वर्ष अघि | ११ चैत्र २०८०, आइतवार

चैत ११, काठमाडौँ । आईपील - इन्डियन प्रिमियर लिग २०२४ को हिजो राती भएको तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हासिल गरेको छ ।

हैदराबादले जितको लागि २०९ रनको बिशाल लक्ष्य पछ्उँदा २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्र बनाउन सफल भयो ।

हैदराबादका लागि अन्तिम ओभरमा जित्नका लागि १३ रन चाहिको थियो । तर कोलकाताका हर्षित रानाले उत्कृष्ट बलिङ गर्दै अन्तिम ओभरमा २ विकेट लिएर ८ रन मात्रै दिए । हैदराबादका लागि २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन हेनरिक क्लासेनले बनाएका थिए । 

पहिलो इनिङमा घरेलु टोली कोलकाताले इर्डेन गार्डेन कोलकाताको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

  • न्युज बहार संवाददाता

थप