Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

कोलकाता नाइट राइडर्स चेन्नाइ सुपर किंग्सद्वारा ७ विकेटले पराजित

  •   २ वर्ष अघि | २७ चैत्र २०८०, मङ्लबार

चैत २७, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा चेन्नाइ सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । यस सिजनमा कोलकाताको यो पहिलो हार हो ।

१७.४ ओभरमा ३ विकेट गुमाउँदै चेन्नाइले १३८ रनको लक्ष्य पूरा गरेको हो । चेन्नाइका लागि कप्तान ऋतुराज गायकवाडले ५८ बलमा सर्वाधिक ६७ रनमा नट आउट खेलेका थिए । कोलकाताका लागि वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिन सफल भए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाताले चेन्नाइको घरेलु मैदानमा चेपौकमा २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।

हिजोको खेलमा कोलकाता चेन्नाइको बलिङसामु भने चल्न नसकेको देखियो ।

  • न्युज बहार संवाददाता

थप