साउन ६, काठमाडौँ । लिओनल मेसीको गोलको
साहायताले इन्टर मियामी विजयी भएको छ। मेसीले आपफ्नो डेब्यु खेलको अन्तिम समयमा
गोल गरेपछि इन्टर मियामी विजयी भएको हो ।
मेसीले लिग
कप साउथ अन्तर्गत समूह सी खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल
गरेपछि क्रुज अजुललाई इन्टर मियामीले २-१ ले पराजित गरेको हो ।
उनी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
- न्युज बहार संवाददाता