Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारत र पाकिस्तान तनाव: आइपिएल २०२५ का बाँकी सबै खेल स्थगित

  •   १ वर्ष अघि | २६ बैशाख २०८२, शुक्रबार

वैशाख २६, काठमौँ । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण आइपिएल २०२५ का बाँकी सबै खेल स्थगित भएका छन्।

बिसिसिआई (भारतीय क्रिकेटको सर्वोच्च निकाय)ले आइपिएल २०२५ का खेल तत्कालका लागि स्थगित गर्ने निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभरमा खेल चलिरहेको समय दुई देशबीचले एकअर्कालाई रकेट आक्रामण गर्न थालेपछि  रद्द भएको थियो।

पुर्व निर्धारित खेल तालिका अनुसार आज शुक्रबार लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीचको खेल लखनऊमा हुने थियो ।

हिजो बिहीबार धर्मशालामा भइरहेको खेल रद्द भएपछि दुवै टोलीका खेलाडी र कर्मचारीहरूलाई धर्मशालाबाट विशेष रेलमार्फत लगभग ८५ किलोमिटर टाढा रहेको पठानकोटबाट दिल्ली लगिएको थियो ।

हिजो सम्म आइपिएल २०२५ मा ५८ खेलहरू भइसकेका छन  भने समूह चरणमा खेल्न बाँकी १२ खेलहरू रहेका छन । 

सीमा तनावका कारण पाकिस्तानमा सञ्चालन भइरहेको पिएसएल - पाकिस्तान सुपर लिग भने युएईमा सारिएको छ। 

  • न्युज बहार संवाददाता

थप