असोज १६, काठमाडौँ । एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपाललाई भारतले २०३ रनको लक्ष्य दिएको छ।
मंगलबार विहान चिनको हाङझाउको झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा भारतले २०२ रन जोडेको छ।
नेपालकालागी दिपेन्द्र सिंह एरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक—एक विकेट लिएका छन ।
यो नेपाल र भारतबीच भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो
- न्युज बहार संवाददाता