काठमाडौँ
। सोमबार आईसीसी एकदिवसीय विश्वकपमा पूर्वविजेता श्रीलंका र बंगलादेशबिच आत्मसम्मानका लागि
भिडन्त हुँदैछ । यसअघि नै यी दुबै टोली जारी विश्वकपको उपाधि होडबाट बाहिरिइसकेका
छन् ।
आजको खेल
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समयअनुसार, दिउँसो २:१५
बजे सुरु हुनेछ ।
जारी
विश्वकपमा यी दुबै टोलीले आठौँ खेल खेल्न लागेका हुन् । हालसम्म सात खेल खेलेको
श्रीलंकाले केवल दुई खेलमा जित र पाँच खेलका हारको नतिजा निकालेको छ ।
अर्कोतिर जारी विश्वकपमा टेस्ट
राष्ट्र बंगलादेशले खेलिएको सातमध्ये ६ खेलमा हार र एक खेलमा मात्र जित हात परेको
छ ।
- न्युज बहार संवाददाता