Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

लेजेन्ड्स खेलाडीलाई पछी पार्दै गुलसन झाले बनाएका किर्तीमान

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

असोज ३, काठमाडौँ । लेजेन्ड्स खेलाडी क्रिस गेल र शाहिद अफ्रिदीलाई नेपालका युवा अलराउण्डर गुलसन झाले पछी पारेका छन । उनले यी दुई लेजेन्ड्स खेलाडीलाई पछि पार्दै विश्व कीर्तिमान कायम गरेका हुन ।

गुलसनले आईसीसी विश्वकप लिग२ मा ओमानविरुद्धको खेलमा पाँच विकेट लिनुको साथै ५० माथि रन बनाउँदै ओडीआईमा कम उमेरमा यो सफलता हात पार्ने  कीर्तिमान बनाएका छन ।

उनले उक्त सफलता १८ वर्ष २१४ दिनमा हात पारेका हुन । यसअघि यो किर्तीमानी सन् २००० मा पाकिस्तानका अब्दुल रजाकले २० वर्ष ५० दिनमा भारतविरुद्ध बनाएका थिए। त्यसपछी पाकिस्तानकै शाहिद अफ्रिदीले २० वर्ष २४० दिनमा सन २००० मा इंग्ल्यान्डविरुद्ध उक्त सफलता हात पारेका थिए । त्यस्तै सन २००३ मा २३ वर्ष २५३ दिनमा वेस्टइण्डिजका क्रिस गेलले अष्ट्रेलियाविरुद्ध तथा २०२३ मा २३ वर्ष २३३ दिनमा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डमा एकै ओडीआई खेलमा ५ विकेट लिनुको साथै ५० माथि रन बनाएका थिए ।

लिग२ मा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने गुलसन पहिलो खेलाडी पनि बनेका छन् भने यसका साथै उनी ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने विश्वकै २४ औं खेलाडी बन्न सफल भएका छन ।

  • न्युज बहार संवाददाता

थप