भदौ ८, काठमाडौँ । आइसीसी वुमन्स टी-२० एसिया चारदेशीय सिरिजको आज भएको खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
मलेसियाले मलेसियाको बायोमास स्पोर्टस् एण्ड इभेन्ट कम्प्लेक्समा जितका लागि पाएको ८५ रन समान्य लक्ष्यलाई १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको छ ।
नेपालले आज मलेसियासँग हारे पनि रनरेटका आधारमा नेपाल शिर्ष स्थान छ। यसको फाइदा स्वरुप नेपाल फाइनलमा प्रवेश गरेको हो । शनिबार नेपालले दोस्रो स्थानमा रहेको हङकङसँग फाइनल खेल्नेछ । जितका बाबजुत मलेसिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।
- न्युज बहार संवाददाता