कार्तिक ३०, काठमाडौँ । आज नेपालले फिफा विश्वकप छनोट अन्तर्गत युएईसँग खेल्दैछ।
नेपालले युएईको दुबईमा नेपाली समयअनुसार राति
साढे ९ बजे दोस्रो चरणको पहिलो खेल खेल्नेछ।
नेपालको समूहमा दोस्रो चरणका लागि बहराइन, युएई र यमन छन्।
युएई फिफा वरीयतामा ६९औं स्थानमा रहेको छ। समूहको
सबैभन्दा बलियो टिम पनि युएई हो । फिफा वरीयतामा नेपाल भने १७३औं स्थानमा रहेको छ।
- न्युज बहार संवाददाता