साउन १०, काठमाडौँ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुन लागेको फिफा विश्वकपको एसिया प्रारम्भिक चरण छनोटमा नेपालले लाओससँग खेल्ने भएको छ ।
मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको प्रारम्भिक चरणको ड्र मा नेपालले प्रतिद्वन्द्वी पाएको हो ।
२०२६ को फिफा विश्वकपमा नेपाल रहेको टिममा माल्दिभ्स, म्यानमार, सिंगापुर, अफगानिस्तान, हङकङ, चाइना लगायतका राष्ट्र रहेका छन।
- न्युज बहार संवाददाता