असार १८, काठमाडौँ । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा फाइनलमा पुगेको छ ।
मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा चलिरहेको क्रिकेट प्रतियोगितामा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
आज भएको खेलमा जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रन मात्र बनाउँदा अलआउट हुन पुग्यो।
टस जितेर पहिला ब्याटिङ गरेको यसअघी नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रनको लक्ष्य बनाएको थियो।
- न्युज बहार संवाददाता