साउन १, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आज भएको खेलमा नेपाल माथी भारतले सहज जित हात पारेको छ। नेपाल आफ्नो दोस्रो खेलमा सोमबार भारतको ‘ए’ टोलीसँग पराजित भएको छ ।
श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भएको खेलमा भारत 'ए' ले नेपाललाई ९ विकेटले पराजित गरेको हो ।
भारत ‘ए’ ले नेपालले दिएको १६८ रनको लक्ष्य २२.१ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले एक विकेट लिन सफल भए ।
यो हारसँगै नेपाल अन्तिम खेलअघि नै समुह चरणबाट बाहिरिएको छ।
- न्युज बहार संवाददाता