Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

अर्जेन्टिना र ब्राजिलको खेलका क्रममा समर्थकहरूबीच कुटाकुट, माहोल शान्त नबनेपछि मैदानबाट बाहिरिए मेस्सी

  •   ८ महिना अघि | ६ मंसिर २०८०, बुधबार

मंसिर ६, काठमाडौँ । चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेल केहीबेर अवरूद्ध भएको छ।

खेल सुरू हुनअघि रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरूद्ध भएको हो। 

दुई देशका समर्थक समूहबीच बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि हानाहान भएपछि माराकाना रंगशाला केहीबेर तनावग्रस्त बनेको थियो ।

फ्यानहरूबीच दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै कुटाकुट भएको थियो। 

समर्थकहरूबिच कुटाकुट हुँदा केही व्यक्तिहरू घाइते समेत भएका छन् भने तनावग्रस्त स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि  त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज समेत गरेका थिए। 

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित माहोल शान्त नबनेपछि मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा  गएका थिए।

  • न्युज बहार संवाददाता

थप