Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपीएलम २०२४ मा दिल्ली क्यापिटल्सको लगातार दोस्रो हार

  •   २ वर्ष अघि | १६ चैत्र २०८०, शुक्रबार

चैत १६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्सले लगातार दोस्रो हार व्यहोरेको छ । हिजो राति भएको खेलमा राजस्थान रोयल्सयुवा अलराउन्डर रियान परागको उत्कृष्ट ब्याटिङले दिल्ली क्यापिटल्सलाई १२ रनले हराउँदै रोयल्सले दोस्रो जित हात पार्न सफल भएको हो ।

दिल्लीले आफ्नो दोस्रो खेलमा जितको लागि १८६ रनको लक्ष्य पछ्याएकोमा २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सफल भयो । दिल्लीका ट्रिस्टन स्टब्सले २३ बलमा २ चौका र ३ छक्कासहित ४४ रन बनाएका थिए ।

त्यस्तै दिल्लीका ओपनर डेविड वार्नर ३४ बलमा ४९, मिचेल मार्श २३ र ऋषभ पन्त २८ रनमा आउट भएका हुन ।

राजस्थानका लागि नान्द्रे बर्गर र युजभेन्द्र चहलले समान २/२विकेट लिएका छन ।

त्यसअघि राजस्थानले आफ्नो घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । राजस्थानले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको हो । रियान पराग ४५ बलमा ८४ रनमा नट आउट रहेका थिए ।

  • न्युज बहार संवाददाता

थप