असोज ७, काठमाडौँ । क्रिकेट खेलाडीहरूलाई दिने भनेर सरकारले घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले बताएका छन्।
कप्तान पौडेलले आइतबार काठमाडौँमा एसियाड गेम्समा भाग लिन चीन उड्नुअघि बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन ।
कप्तान पौडेलले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ तर अहिलेसम्म आएको छैन । आउँछ भन्नेमा आशावादी छौँ । हेरौँ के हुन्छ ।’
- न्युज बहार संवाददाता