पुस ३, काठमाडौँ । अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान
प्याट कमिन्स आइपिएल २०२४ का लागि भएको अक्सनमा सर्वाधिक महँगा खेलाडी बनेका छन्।
२ करोड
भारु उनको आधार मूल्य रहेको थियो। सुरुमा चेन्नइ सुपरकिंग्स र मुम्बई इन्डियन्सले उनलाई
भित्र्याउन बोली लगाएका थिए। त्यसपछि बोलीमा रोयल च्यालेन्जर्स बेंग्लोर पनि
समावेश भएको थियो त्यससँगै सनराइजर्स हैदरावाद पनि प्रवेश गरेको थियो।
यसरी
सुरु भएको बोली अन्तिमसम्म बैग्लोर र हैदरावादले बोली लगाएका थिए। अन्त्यमा हैदरावादले
कमिन्सलाई २०.५० करोड भारूमा भित्र्यायो। यो अहिलेसम्मकै ठूलो रकमबाट अक्सनमा
खेलाडी भित्र्याइएको पहिलो रेकर्ड हो।
- न्युज बहार संवाददाता