Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

म्याक्सवेलको किर्तिमानी सतकमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई दियो ४०० रनको विशाल लक्ष्य

  •   ३ वर्ष अघि | ८ कार्तिक २०८०, बुधबार

कार्तिक , काठमाडौँ । अष्ट्रेलियाले डेभिड वार्नरग्लेन म्याक्सवेलको शतकको मदतमा विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सलाई ४०० रनको विशाल लक्ष्य दिएको छ ।

अष्ट्रेलियाले आज बुधबार भारतको दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित ५० ओभरमा आफ्नो ८ विकेट गुमाएर ३९९ रन बनाउन सफल भएको हो

अष्ट्रेलियाका लागी वार्नरस्टिभ स्मिथले दोस्रो विकेटमा १३२ रनको साझेदारी गरेका छन

पावर प्ले सुरु गर्नुअघि अष्ट्रेलियाको स्कोर २६८-५ थियो भने म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै ४४ बलमा १०६ रन बनाएपछि अष्ट्रेलियाले ३९९ रन बनाएको हो

म्याक्सवेलले आज ४० बलमा १०० रन पुरा गरि विश्वकपमा सबभन्दा कम बलमा शतकको रेकर्ड बनाएका छन

यसअघि यो रेकर्ड दक्षिण अफ्रिकाका एडिन मार्करमको नाममा थियो । मार्करमले श्रीलंकासँगको खेलमा ४९ बलमा शतक पुरा गरेका थिए । म्याक्सवेलले मार्करमको रेकर्ड १८ दिनमै तोडेका छन

  • न्युज बहार संवाददाता

थप