असोज १६, काठमाडौँ । एसियाली खेलकुद अन्तर्गत
पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदको पुरुष क्रिकेटको आज भएको क्वाटरफाइनल खेलमा नेपाल २३ रनले पराजित भएको हो ।
भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १७० रन मात्र बनाउन सपल भयो । उत्कृष्ट प्रदर्शन गर्दै गर्दा नेपाली टिमले जित निकाल्न भने सकेनन् ।
टस जितेर पहिले
ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा यशस्वी जैसवालको शतकको मद्दतमा चार विकेट
गुमाएर २०२ रन बनाएको थियो ।
- न्युज बहार संवाददाता