असोज १६, काठमाडौँ । १९औँ एसियाली खेलकुदको चीनमा जारी प्रतियोगितामा नेपालले पुरुष क्रिकेटको क्वार्टरफाइनलमा आज भारतको सामना गर्दैछ । नेपालले हिजो सोमबार भएको ‘ड्र’ मा भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको थियो ।
भारतले आज हुने खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै हङकङले प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा पाकिस्तानको सामना गर्नेछ भने त्यो खेल पनि आज मंगलबार नै खेलिने भएको छ ।
- न्युज बहार संवाददाता