भदौ १३ काठमाडौँ । एसिया कप क्रिकेटको अहिले भइरहेको खेलमा नेपालले आफ्नो तेस्रो विकेट लिएको छ ।
नेपालले तेस्रो विकेटका रुपमा पाकिस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद रिजवानलाई पेभेलियन फर्किएको छ । ४४ रन बनाएर खेलिरहेका रिजवानलाई नेपालका दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन ।
पाकिस्तानले अहिले २३.४ ओभरमा तीन विकेट गुमाएर १११ रन बनाइएको छ ।
- न्युज बहार संवाददाता