कार्तिक ६, काठमाडौँ । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालका आशिफ शेखले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । आशिफले ४४ बलमा १ छक्का र ६ चौका मद्दतमा ५३ रन बनाएका हुन् ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा यूएईले दिएको १६५ रनको लक्ष्य पछ्याएको नेपालको सुरुआत भने राम्रो थिएन । अहिले नेपालले १७ औँ ओभरमा आफ्नो चार विकेट गुमाएर १४१ रन बनाएको छ।
- न्युज बहार संवाददाता