असोज १, काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले एभर्टनमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । आइतबार साँझ भएको खेलमा आर्सनलले एभर्टनलाई १–० गोलले पछी पार्दै विजयी भएको हो ।
खेलको ६९ औँ मिनेटमा लियान्ड्रो ट्रोसाडले गरेको एक मात्र गोल निर्णायक बन्न पुगेको थियो ।
गुडिसन पार्कमा यसअघि आर्सनलले पछिल्ला ५ मध्ये ४ खेल गुमाएको थियो । तर, यसपटक भने टिमले जीत हासिल गर्न सफल भएको छ ।
- न्युज बहार संवाददाता