साउन १, काठमाडौँ । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको आज भएको खेलमा भारत ए लाई १६८ रनको लक्ष्य दिएको छ ।
नेपालले कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको थियो।
ब्याटिङ कमजोर सुरुवात गरेको नेपालले आजको खेलमा ३९.२ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको हो।
नेपालको इनिङ्स कप्तान रोहित पौडेलको अर्धशतक, गुल्सन झा र सोमपाल कामीको ब्याटिङले केही हदसम्म सम्हालेको थियो ।
कप्तान रोहितले सर्वाधिक ६५ रन बनाए भने गुल्सनले ३८ रनको योगदान गरे । नेपालले सुरुवाती १० ओभरत्रिभै आफ्नो ५ विकेट गुमाइसकेको थियो।
- न्युज बहार संवाददाता