Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अलराउन्डर हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान

  •   ३ वर्ष अघि | ३० मंसिर २०८०, शनिबार

मंसिर ३०, काठमाडौँ  । इन्डियन प्रिमियर लिग २०२४ को सिजनमा भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्ड्याले मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । मुम्बईलाई ५ वटा उपाधि दिलाएका रोहित शर्माको स्थान हार्दिक पाण्ड्याले लिने भएका हुन । यसबारे मुम्बई इन्डियनले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

तर, रोहित शर्माको भूमिका बारे फ्रेन्चाइजीले स्पष्ट गरेको छैन । फ्रेन्चाइजीले गुजरात टाइटन्ससँग १९ दिनअघि पाण्ड्यालाई १५ करोड भारुमा किनेको थियो ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै फ्रेन्चाइजीले अलराउन्डर खेलाडी पाण्ड्या मुम्बई इन्डियन्सको कप्तानको जिम्मेवारी दिन तयार रहेको जनाएको हो । मुम्बईको भनाई अनुसार उनले सबैभन्दा लामो समय सेवा गर्ने र सबैभन्दा सफल कप्तान रोहित शर्माको स्थान लिने  छन।

  • न्युज बहार संवाददाता

थप