Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई बलरको घातक बलिङपछि लखनउ सुपर जायन्ट्स विजयी, गुजरात टाइटन्स ३३ रनले पराजित

  •   २ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

चैत २६, काठमाडौँ । यश ठाकुर र क्रुनाल पाण्ड्याको घातक बलिङपछि लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ । आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटिएको हो ।

लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिएका थिए । त्यस्तै पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिएका थिए ।

लखनउले पहिले ब्याटिङ गर्दै मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको गुमाउँदै १ सय ६३ रन बनाउन सफल भयो । 

  • न्युज बहार संवाददाता

थप