असार १५, काठमाडौँ । शुक्रबार नेपालले एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा मलेसियालाई ८४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
नेपालले समूहगत चरणको दुबै खेलमा जित हासिल गरेको छ । शुक्रबारको खेलमा टस जिती पहिलो ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा अलआउट भयो । अलआउट हुदा नेपालले एक सय ८३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको मलेसिया भने ३०.५ ओभरमा अलआउट भयो अलआउट हुनुअघी मलेसियाले ९९ रनमात्र बनाउन सफल भयो ।
नेपालको जितको लागी नेपाली बलहरुले उत्कृष्ट प्रदर्शनि गरेका थिए।
- न्युज बहार संवाददाता