मंसिर ३०, काठमाडौँ । एनएसएल - नेपाल सुपर
लिगमा आज डबल हेडर खेल हुँदैछ । आज सुपर स्याटर्डेमा दुई खेल हुनेछन । पहिलो खेल पोखरा
थण्डर्स र वीरगंज युनाटेडबीच हुनेछ भने दोस्रो खेल स्पोर्टिङ इलाम र एफसी चितवनबीच
हुनेछ ।
पहिलो खेल दिउँसो
१ बजे काठमाडौँको त्रिपुरश्वरस्थित दशरथ रंगशालमा हुनेछ । आजको दोस्रो खेल पनि काठमाडौँको
त्रिपुरश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने छ ।
आजको खेल लिग
चरणको अन्त्यतिर आइपुगेकोले शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई
महत्पूर्ण हुनेछ ।
- न्युज बहार संवाददाता