असोज १७, काठमाडौँ । नेपालले चीनमा जारी अहिले जारी रहेको १९औँ एसियाली खेलकुद प्रतियोगितामा कम्तीमा पनि एउटा कांस्य पदक पक्का गरेको छ ।
महिला कबड्डीमा नेपालले कांस्य पदक जित्ने पक्का गरेको हो । एसियाली खेलकुदको महिला कबड्डीमा यसपाली नेपालले पहिलो पटक सहभागिता जनाएको हो ।
बुधबार खेलिएको समूह ‘बी’ को महिला कबड्डीमा इरानले बङ्गलादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपालको पदक पक्का भएको हो । समूह ‘बी’ बाट बुधबारको यो नतिजापछि इरान र नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
नेपाल सेमिफाइनलमा पराजित भए पनि कम्तीमा कांस्य पदक भने पाउँनेछ ।
- न्युज बहार संवाददाता