बैशाख ७, काठमाडौँ
। दोस्रो सप्ताहन्तसम्म फिल्म ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरिरहेको छ । प्रदीप खड्का
स्टारर यस फिल्मले देशव्यापी रुपमा सुखद कमाई गरेको निर्माण पक्षले जनाएको छ ।
संचार तथा
सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टका अनुसार फिल्मले प्रदर्शनको ९ दिनमा देशब्यापी
२ करोड ५८ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यो फिल्मकी
निर्देशक कृषा चौलागाईं हुन भने फिल्ममा प्रदीप खड्काको शीर्ष भूमिका रहेको छ । प्रदिपका
अलवा फिल्ममा सौगात मल्ल, दयाहाङ राई, दिब्यदेव पन्त, दिब्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त लगायतका कलाकारको
पनि अभिनय यस फिल्ममा देख्न सकिन्छ ।
- न्युज बहार संवाददाता