भदौ ३०, काठमाडौँ
। ललितपुरको कार्यविनायक मन्दिरमा आज आइतबार बिहान ‘होस्टेल ३’ को शुभसाइत पूजा गरिएको छ । शुभसाइत
पूजासँगै यस फिल्मले आफ्नो छायांकन सुरु गरेको हो । मुहूर्त-सटमा फिल्मका प्रमुख
कलाकार पारस बम (कुल ब्वाय) र सिम्रन पन्तले छोटो अभिनय गरेका छन ।
फिल्मको छायांकन
भक्तपुरको बोडेबाट सुरु गरिएको छ । चलचित्रका निर्देशक सशान कँडेल (सन्तोष)का
अनुसार पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकन सुरु
गरिने छ ।
- न्युज बहार संवाददाता