पुस ४, काठमाडौँ । नाटक ‘पत्थरको कथा’ सर्वनाम थियटरमा मञ्चन हुने भएको छ । शुक्रबार र शनिबार विजय मल्लद्वारा लिखित आध्यात्मिक चिन्तनमा आधारित नाटक मञ्चन हुन लागेको हो ।
नाटकको
परिकल्पना र निर्देशक सन्तोष पोखरेल र स्वीकृति मिश्रले गरेका हुन । नाटकमा शोषक र
शोषितको कथा प्रस्तुत गरिने छ । एकाङ्कीमा स्वैरकाल्पनिक रूपमा पत्थरको कथा सामाजिक
र राजनैतिक विषयवस्तुलाई प्रस्तुत गरिनेछ ।
- न्युज बहार संवाददाता