पुस २०, काठमाडौँ । ओटीटी प्लाटफर्ममा समीक्षात्मक
रुपमा रुचाइएको फिल्म ‘चिसो
मान्छे’ रिलिज भएको
छ । दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई हेर्न सक्नेछन्।
दर्शकले अहिलेका
लागि नेपालभन्दा बाहिरबाट मात्र हेर्न पाउने सुविधा छ । यस फिल्मले कोरोनाकालमा
छायांकन भएको विदेशबाट ल्याइएको शवलाई लकडाउनको समयमा सुदूरपश्चिम लैजान गर्ने
संघर्षको कथा पेश गर्छ ।
यो
फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आशान्त शर्मा, देशभक्त खनाल, रामबाबु रेग्मी, प्रभाकर
न्यौपाने लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।
- न्युज बहार संवाददाता