Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फिल्म ‘दिमाग खराब’ को पहिलो गीत सार्वजनिक

  •   ३ वर्ष अघि | ४ असोज २०८०, बिहिबार

असोज ४, काठमाडौँ । निश्चल बस्नेतको ६ वर्षपछि निर्देशनमा कमब्याक फिल्म ‘दिमाग खराब’ को पहिलो गीत सार्वजनिक भएको छ।  नेपाली चलचित्र उधोगलाई ‘लुट’ जस्तो दमदार फिल्म  दिइसकेका बस्नेतले करिब ६ वर्ष पछी फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका छन ।

यस फिल्मको पहिलो गितमा जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको छ । ‘बिरामी मुलुक’ बोलको यस गितले नागरिकको निराशा बोलेको छ ।

सार्वजनिक पहिलो गीतमा देशको राजनीतिक र आर्थिक अवस्थाले नागरिकको जीवनमा पारेको प्रभावलाई उतारिएको छ ।

यस फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, सुमन कार्की, विजय बराल, माओत्से गुरुङ, पुष्कर गुरुङ, रमा थपलिया, राजन खतिवडा, गौरभी आरएल सिंह लगायतको अभिनय देक्न सकिने छ भने फिल्म कार्तिक २४ गतेबाटरिलिज हुने छ ।

  • न्युज बहार संवाददाता

थप