साउन १७,
काठमाडौँ । फिल्म ‘रावायण’को फस्टलुक सार्वजनिक गरिएको छ
। आगामी भदौ २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको फस्ट लुकमा नायक पल शाह
मात्र देखिएका छन् ।
सार्वजनिक
फस्ट लुकमा पललाई केही रिसाएको भावमा प्रस्तुत गरिएको छ । पलको उक्त क्यारेक्टर
लुक्सले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल भएको छ ।
सुदर्शन
थापा ‘रावायण’
फिल्मका
निर्देशक हुन् भने फिल्मको निर्माता पूजा शर्मा रहेकी छन् भने ।
- न्युज बहार संवाददाता