Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘नरसिंहा अवतार’ को फस्टलुक तथा प्रर्दशन मिति सार्वजनिक

  •   १ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

चैत १८, काठमाडौँ । आगामी जेठ ९ गतेबाट फिल्म ‘नरसिंहा अवतार’ प्रदर्शनमा आउने भएको छ । फिल्मको फस्टलुक सहित आज सोमबार एक कार्यक्रमका बिच रिलिज मिति सार्वजनिक गरिएको हो । फिल्मको फस्टलुक रिलिज कार्यक्रम काठमाडौँको ग्लोबल कलेजमा आयोजित गरिएको छ । उक्त कार्यक्रममा कलाकार र पाँच सय बढी विद्यार्थीहरूको उपस्थितिमा रहेको थियो ।

यो फिल्मबाट नायक राजेश हमालले ८ वर्षपछि नेपाली फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । यस फिल्मका लेखन तथा निर्देशक दिवाकर भट्टराई रहेका छन । राजेश हमालको कमब्याक फिल्म फिल्म भएको कारण पनि यो फिल्म विशेष र प्रतीक्षित मानिएको छ ।

आजको कार्यक्रममा नेपाली फिल्मको इतिहासमै सबैभन्दा लामो पोस्टर सार्वजनिक गरिएको थियो । 

  • न्युज बहार संवाददाता

थप