Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फिल्म ‘भाइरल गोर्खे’को टिजर युट्युबमा सार्वजनिक

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

चैत ८, काठमाडौँ । फिल्म ‘भाइरल गोर्खे’को टिजर युट्युबमा सार्वजनिक गरिएको छ ।  सार्वजनिक टिजरले कथावस्तु, चरित्र चित्रण दर्शाउँछ । सौगात मल्ल र सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मको टिजरले सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति, त्यसले निम्त्याउने प्रभाव र असरको कथा देखाएको छ ।

कथा सुरु ‘पाँडे गाउँ’ नामक एक काल्पनिक गाउँको एक पात्र गोपालको भाइरल हुने चाहनाबाट हुन्छ ।

सृष्टि श्रेष्ठ - मिस गीताञ्जली, बुद्धि तामाङ - थने मास्टर, राजाराम पौडेल - सोमपाल, ऋषि धमला पत्रकारको भूमिकामा रहेका छन् । कमेडी र सोसल ड्रामा जनरामा बनेको फिल्मले सामाजिक संजालको प्रवृत्तिलाई कटाक्ष गरेको छ ।

  • न्युज बहार संवाददाता

थप