पुस १७, काठमाडौँ । भारतको रंग महोत्सवमा अभिनेत्री सुरक्षा पन्तको डेब्यु नाटक ‘क्लेश’ छनोट भएको छ । सुरक्षाले फेसबुकमार्फत भारतको नेसनल स्कुल अफ ड्रामाद्वारा आयोजित उक्त नाट्य महोत्सवमा नाटक छानिएको जनाएकी छन् ।
कोभिडको कारण यसअघि रंग महोत्सव भौतिक रुपमा हुन सकेको थिएन । उनले यो फेस्टिभलमा सहभागी हुन निर्देशक विजया कार्की जनवरी २३ मा दिल्ली प्रस्थान गर्ने पनि उल्लेख गरेकी छन्
सुरक्षाको भनाइ अनुसार त्यसअघि सम्भवतः नेपालमा नाटक मञ्चन हुनसक्ने छ । आफ्नो नाट्यकारिताप्रति माया दर्शाउने दर्शकप्रति उनले आभार पनि व्यक्त गरेकी छन् । सुरक्षाले उक्त नाटकको भारत मञ्चनका लागि आफूहरु दिल्ली जाने फेसबुकमार्फत बताएकी छन् ।
- न्युज बहार संवाददाता