असार ५, काठमाडौँ
। गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । महेश
काफ्ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् ।
दुबई को
बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचिएको तस्विर सामाजिक सञ्जालमा राख्दै काफ्लेले
लेखेका छन्, ‘सहयात्राको यो सुरुवात, हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी
आई लभ यू ।’
त्यस्तै
गायीका अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छन ‘दुई आत्मा, एक मुटु, सधैं सँगै।’
- न्युज बहार संवाददाता