Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

परिवारसहित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ‘मदनकृष्ण मुड’ प्रस्तुती

  •   ३ वर्ष अघि | २० असोज २०८०, शनिबार

असोज २०, काठमाडौँ । परिवारसहित वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘मदनकृष्ण मुड’मा प्रस्तुती दिएकका छन। शुक्रबार पाठशाला नेपालको सहकार्यमा सिस्नुपानी नेपालले आयोजना गरेको ‘मदनकृष्ण मुड’ थापागाउँस्थित पाठशाला स्कुलको मदनकृष्ण नाट्यशालामा उनले प्रस्तुति दिएका हुन्।

पारिवारिक साङ्गीतिक साधनाको प्रस्तुति एवम् श्रेष्ठको स्वास्थ्यलाभको कामनामा जहाँ उनले आफ्ना हिट र कालजयी गीतहरू प्रस्तुत गरेका थिए।

यस प्रस्तुतीमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई,  केपी शर्मा ओली तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपाली कांग्रेसमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायत संवैधानिक अंगका विशिष्ट व्यक्ति, डा.सन्दुक रुइतलगायत अन्य व्यक्तिहरू श्रेष्ठमा गीत सुन्न प्रेक्षालयमा उपस्थित भएका थिए।

‘मदनकृष्ण मुड’ मा श्रेष्ठले आफ्ना चर्चित गीतहरू खोला वारी खोलापारी, अरबौँ मान्छेहरूमा, हे भगवान्, एउटै सपना छ, फूलबुट्टे सारी लगायतका गीतहरू प्रस्तुत गरेका थिए । मञ्चमा श्रेष्ठलाई साथ दिन उपस्थित उनका छोरा यमन श्रेष्ठ र छोरी सराना श्रेष्ठले पनि कालजयी गीत प्रस्तुत गरेका थिए । तीनै जनाले य थरी बाजा गीत सामूहिक प्रस्तुत पनि गरे।

  • न्युज बहार संवाददाता

थप