Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

‘रोस्टिङ ब्याटल’ले टिकट बिक्रीबाट प्राप्त रकमको ४० प्रतिशत रकम बाढी पीडितलाई सहयोग गर्ने

  •   २ वर्ष अघि | १३ असोज २०८१, आइतवार

असोज १३, काठमाडौँ । आगामी २० गते राष्ट्रिय नाचघर जमलमा आयोजना हुन लागेको कार्यक्रम ‘रोस्टिङ ब्याटल’ले टिकट बिक्रीबाट प्राप्त रकमको ४० प्रतिशत रकम बाढी पीडितलाई दिइने जनाएको छ । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यसबारे आयोजक ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी गराएका हुन् ।

यसबारे उनले सामाजिक सञ्जालबाट जानकारी दिएका हुन । उनी लेख्छन ‘देश र जनता विपद्मा परेको बेला कलाकारले कलाकारिताकै माध्यमबाट सहयोग गर्न सकिने निक्यौलमा पुग्दै हामी कमेडी ‘च्याम्पियन टिम’ र ‘छक्का पन्जा ५’ टिमले आगामी २० गते हुन गइरहेको कार्यक्रम ‘रोस्टिङ ब्याटल’को टिकटबाट आएको रकमको ४०% विपद् पीडितको उद्धारमा लागेको संस्थाहरूलाई सहयोग स्वरूप उपलब्ध गराउने भएका छौँ।’ 

  • न्युज बहार संवाददाता

थप