असोज ९, काठमाडौँ। फिल्म ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनले फिल्म ‘बलिदान’ निर्माणको घोषणा गरेका छन् ।
प्रेमगीतको तीन श्रृंखला बक्स अफिस सफलभएपछी निर्माता सन्तोष सेनले आगामी फिल्मको रुपमा ‘बलिदान’ बनाउन लागेको बताएका हुन । फिल्म बलिदानका लागी उनले तिहारपछि छायांकनमा जाने तयारी भइरहेको जनाएका छन ।
फिल्म सोसियो-पोलिटिकल ड्रामा जनरामा बन्न लागको हो । फिल्मले सामाजिक र राजनीतिक परिवर्तनका लागि प्राण उत्सर्ग गर्ने नागरिकको संघर्षको कथा पेश गर्ने उनले बताएका छन ।
निर्माता सेनका अनुसार मधेश आन्दोलनको एक महत्वपूर्ण घटनामा आधारित रहेर बन्ने छ भने यस फिल्मको टिजर पनि छायांकन भइसकेको छ ।
- न्युज बहार संवाददाता