साउन १६, काठमाडौँ
। लक्ष्मण सुनारले पल शाह र बेनिशा हमाललाई शीर्ष भूमिकामा लिएर फिल्म ‘कल्ली’ निर्देशन गर्ने भएका छन् । रेड
बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको जनाइएको
छ ।
यस फिल्मका
प्रस्तुतकर्तामा किरण नेपाली रहने छन । ‘बुलाकी’ निर्देशन गरेका सुनारले यो फिल्म निर्देशन
गर्न लागेका हुन ।
फिल्मको
घोषणा छायांकनअघि टिजर पोस्टर सार्वजनिक गर्दै गरिएको छ । सार्वजनिक पोस्टरअनुसार
फिल्म एक्सनप्रधान हुने अपेक्षा गरिएको छ ।
- न्युज बहार संवाददाता