माघ २८, काठमाडौँ
। पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा माओत्से गुरुङ निर्देशित सोसल ड्रामा फिल्म ‘दयारानी’ले उत्साहजनक ब्यापार गरेको छ । शनिबार
सोनम ल्होसारको दिन प्रमुख मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी उत्कृष्ट देखिएको थियो
।
निर्माता
रामबाबु गुरुङका अनुसार शनिबार फिल्मले काठमाडौँ, बुटवल, पोखरा, दमौली र पूर्वका केही सहरमा उत्साहजनक
ब्यापार गरेको छ ।
सोनम
ल्होसारको फाइदा यो फिल्मको अकुपेन्सीमा देखिएको छ । गुरुङ संस्कृतिको कथावस्तु
भएकाले र हिजोको सोनाम ल्होसारको फाइदा फिल्मले भरपुर उठाएको छ ।
शनिबार
बिहानदेखि बेलुकासम्म विशेषगरि पोखरामा फिल्मको अकुपेन्सी आक्रामक देखिएको छ । फिल्ममा दयाहाङ राई र दीया पुनको
शीर्ष भूमिका रहेको छ भने यस फिल्ममा निःसन्तान दम्पतीको कथा पेश गरिएको छ ।
- न्युज बहार संवाददाता