पुस १२, काठमाडौँ । राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि नेपाली कांग्रेसमा दुई जना कलाकारको नाम सिफारिस भएको छ । दुई जना कलाकारको नाम आगामी माघ ११ मा राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनको उम्मेदवार सिफारिमा परेको हो ।
कांग्रेस
निकट नेपाल सांस्कृति संघका अध्यक्ष तीर्थ थापाको नाम गण्डकी प्रदेशबाट सिफारिस भएको
हो भने बागमती प्रदेशबाट कालाकार नीर शाहको नाम सिफारिस भएको छ । सभापति शेरबहादुर
देउवा निकट थापा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।
- न्युज बहार संवाददाता